चन्द्र थिङ एमाले सिन्धुपाल्चोकको उपाध्यक्ष बन्ने पक्का


लेखक : admin      १ माघ २०७८, शनिबार ०७:११ मा प्रकाशित     
चन्द्र थिङ एमाले सिन्धुपाल्चोकको उपाध्यक्ष बन्ने पक्का

नेकपा जिल्ला एमालेको अधिवेशन चलिरहदा यति बेला सो पार्टिको विद्यार्थी संगठन बाट राजनितिमा स्थापित हुदै गरेका नेतृत्वहरुले पार्टिमा पनि विभिन्न पदहरुमा नेतृत्व गरिरहेका छन । अनेरास्ववियुका केन्द्रिय अध्यक्षहरु प्राय यतिबेला पार्टिका केन्द्रिय कार्य समितिमा कार्यरत छन । यता जिल्ला तथा प्रदेस कमिटिहरुमा पनि अनेरास्ववियुमा काम गरेका थुप्रै नेताहरु पार्टिको विभिन्न पदमा रहेर नेतृत्व गर्ने लहर त्यतिकै चलिरहेको छ । अनेरास्ववियुका केन्द्रिय उपाध्यक्ष चन्द्र थिङले यो नेपाली विद्यार्थी आन्दोलनको र अनेरास्ववियुको उपलव्धि भएको बताउछन । पव्लिक सुचना डटकम संगको कुराकानिका क्रममा भविश्यमा यस विद्यार्थी संगठनमा काम गर्ने विद्यार्थी नेताहरुले मुलुककको सवैभन्दा ठुलो पार्टि एमालेलाइ अझ परिष्कृत अझ नया स्वरुपमा विकास गर्नको लागि सर्वाधिक महत्वपुर्ण योगदान गर्ने दावि गरे । साथै चन्द्र थिङ एमालेको पार्टि सिन्धुपाल्चोक उपाध्यक्षको उम्मेरदवारको रुपमा रहेका छन । २०५६ सालमा अनेरास्ववियु बाट राजनितिमा होमिएका चन्द्र थिङगले करिव २२ बर्षको महत्वपुर्ण समय अनेरास्ववियु मार्फत नेपाली विद्यार्थी आन्दोलनमा विद्यार्थीको हक हित स्थापित गर्नको लागि अहोरात्र खटिएका व्यक्तित्व हुन । उनले नेकपा एमाले र विद्यार्थी संगठनमा दिनरात पसिना बगाएर लाखौ विद्यार्थीैहरुको आस्था र भरोसा बोकेको विद्यार्थी संगठनकोरुपमा अनेरास्ववियुलाई स्थापित गराउन एउटा इटाको रुपमा भुमिकारहत रहेका उनि यति बेला एमाले सिन्धुपाल्चोक जिल्लाको उपाध्यक्षको लागि मैदानमा छन । उनका निकट राजनितिक सहयात्रिहरु चन्द्र थिङगको उपाध्याक्षमा जित सुनिश्चित रहेको बताउछन । सिन्धुपाल्चोक जिल्लाको एमालेमा उनले पुर्याएको योगदानलाई नजिकबाट नियाल्नेहरु उनि पाटिको जिल्ला उपाध्यक्षमा रहनु पर्नेमा जोड दिइरहेका छन । एक जिल्ला नेताले हामी संगको कुराकानिका क्रममा भने चन्द्र कमरेडले आफ्नो जिवनको अमुल्य समय पार्टिको लागि, लोकतन्त्रको लागि लगाउनु भएको छ, आफ्नो उर्वर समय पार्टि राजनितमिा योगदान गर्नु भएको उहाको जित सुनिश्चित रहेकमो छ । यता चन्द्र थिङ भने पार्टिका उपाध्यक्ष भएर काम गर्ने अवसर आउदै गर्दा सिन्धुपाल्चोक एमालेललाई एक नम्वर पार्टिकोरुपमा स्थापित गराइरहने प्रतिबद्धता व्यक्त गरिरहेका छन । उनि भन्छन एमाले लोकतन्त्रको पहरेदार पार्टि हो । यो पार्टिको लागि म सधै जुनसुकै स्थानमा रहेर पनि सक्रिय भुमिका निर्वाह गर्न आतुर रहेको छु । म विसश्त छु सवै कमरेडहरुले यो बेला मलाई सपोर्ट र योगदान गर्नु हुने छ ।

Copy link
Powered by Social Snap