संवाददाता राजेन्द्र पोख्रेल
गण्डकी
प्रदेश समसामयिक गीत गायर सधै चर्चा कमायका लोक दोहोरी गायक तथा सर्जक नवराज अधिकारी फेरी दर्शक तथा श्रोता समक्ष तीज गीत टुहुरो लियर बजारमा आयका छन ।विश्वब्यापी कोरोना भाइरसको महामारी फैलिइरहेको अवस्थामा समाजमा पारेको प्रभाबलाइ जस्ताको तस्तै गीत मार्फत उतारीएको छ ।लकडाउनका कारण सिकिस्तै भयकी आमाको मुहार हेर्न समेत नपाउने चेलीको बिलैनालाइ गीतमा उतारीएको सर्जक नवराज अधिकारी बताउछन । बालकलाकार प्रिन्स लम्साल,नवराज अधिकारी,सरला अधिकारी,लक्ष्मी अधिकारीले स्वर दिएको गीतमा पछिल्लो समयका भाईरल जोडी रिया खड्का र प्रिन्सलम्सालको अभिनयले दर्शकको मन छोएको छ ।

उसो त दोहोरीमा शब्द खेलाउन खप्पीस प्रेमराज अधिकारीले दाईको अभिनय तथा लाइभ दोहोरीमा खप्पीस गायीका माया गिरीले आमाको अभिनय गरेको भिडियोमा लक्ष्मी खडका र भानु पौडेललाइ देख्न सकीन्छ ।नवराज अधिकारी र प्रेमराज अधिकारीको शब्द,रमेश परियारको लय सृजना तारानाथ आचार्यको निर्देशन,शिबराज भुर्तेलको छाया”न रहेको सो गीत डिजिटल स्टार पोखरा को अफिसियल पेजबाट बिश्व बजारमा आएको छ । सालिन एवं अनुशासित कलाकारमा परचिति नवराज अधिकारीका जोगी बनीयो,जग्गा ब्यापारी,झयाल ढोका बनगरे माया ,मैनालीमा लगायतका गीत चर्चामा छन ।अन्य गीतह?मा झै यस गीतमा पनी दर्शक श्रोताको माया पाउनेमा आशाबादी रहेको गायक अधिकारी बताउछन ।