बालकृष्ण वाग्लेको संक्षिप्त सांगितिक यात्रा


लेखक : admin      २९ श्रावण २०७८, शुक्रबार १६:२३ मा प्रकाशित     
बालकृष्ण  वाग्लेको संक्षिप्त सांगितिक यात्रा

संवाददाता राजेन्द्र पोख्रेल

गण्डकी प्रदेस पोखरा

“हे स्वामी राजै भन्नुस्न आजै के छ नि मनको सुर तीजका कुरा गर्दिनुस पूरा अरु के मागि छु र? धोका रह्यो राजै रातो सारी छड्के तिलरी हातैमा बाला लाउली यसपाला गलामा सुनको सिक्री तीजकी नारी लर्काउली सारी केल्लाई पो मान्छेउ फ्रिकी किनिदिउँला आजै रातो सारी छड्के तिलरी ” यति बेला यो मौलिक तीज गीत बजारमा चर्चामा छ। “रातो सारी छड्के तिलरी” नामक यस तीज गीतका सर्जक तथा गायक हुन-बालकृष्ण वाग्ले । पार्वती न्यौपानेले वाग्लेलाई स्वरमा साथ दिएकी छन् भने रिया खड्का र सरद ए जी छमछम नाचेका छन् । दिवस थापामगरको एरेन्जमा रहेको गीतको म्युजिक भिडियोको निर्देशन गम न्यौपानेले गरेका छन् ।तिर्सना म्युजिकबाट बजारमा आएको यो गीत मौलिक तीजको झल्को दिने खाले छ। स्याङ्जा जिल्ला बिरुवा गाउँपालिका -५किचनासमा जन्मेका गायक वाग्ले स्कुले जीवनबाट नै लोक सङ्गीतमा रुचि राख्दथे। पोखरा नवीन मा वि बाट एस एल सी गरेका वाग्लेले प्रेरणाको स्रोत भने आफ्नै शिक्षिका तथा बरिष्ठ लोक गायिका हरिदेवी कोइराला रहेको बताउँछन्। कोइरालाकै प्रेरणा र साथ सहयोगबाट विद्यालय स्तरीय लोकगायन प्रतियोगितामा बिभिन्न ठाउँमा भाग लिई पुरस्कृत भएका वाग्ले संगीतक्षेत्र तिर हौसलाका थिए भने क्याम्पसे जीवनबाट प्रतिस्पर्धात्मक दोहोरीको यात्रा शुरु गरेका थिए। प्रतियोगितामा बिजेता भई प्राप्त पुरस्कार राशीले उनलाई झन यस क्षेत्र तिर लोभ्याएको थियो।बिरही कार्की ,कला बराल ,कल्पना बराल दोहोरी टिमका सहयात्री भएको बताउने वाग्लेले प्रतिस्पर्धात्मक दोहोरीको लामै यात्रा तय गरे। २०५६सालबाट ” पानी सलल”, एल्बमबाट गायन यात्रा शुरु गरेका वाग्लेका मनपर्दो पाईन दौतरी,आयो भुकम्प गयो पीडा दिएर,फूल फुलेको डाली, मेरी बुढीको रिसै तगडा ,सगै नहुदा जस्ता थुप्रै एल्बमहरू बजारमा आइसकेका छन् भने मदानी सर्को नामक एल्बम आउने क्रममा छ।

बरिष्ठ लोकगायक पुरुषोत्तम न्यौपानेको आवाजमा रहेको “यो मन किन रुन्थ्यो” र “जिन्दगानी दर्पण छायाँ “जस्ता चर्चित गीतका सर्जक पनि हुन वाग्ले । अहिलेको लोक सङ्गीतको बजार सस्तो लोकप्रियता र अस्वस्थ प्रतिस्पर्धाको अपज हो भन्दै वाग्लेले ब्याबसायिकताको नाममा लोक सङ्गीतमा विसंगती बिकृति भित्र्यिएकोले कलाकार स्वयम आत्म अनुशासनमा रहेर सृजनाहरू बजार ल्याउनु पर्ने र राज्यले पनि नियमनकारी भुमिका खेल्नुपर्ने कुरामा जोड दिन्छन् ।गायक वाग्ले राष्ट्रिय दोहोरी गीत प्रतिष्ठान स्याङजाका संस्थापक सदस्य ,पृथ्वीनारायण क्याम्पसका सङ्गीत बिभागका तत्कालीन सह सचिव , बिरुवा सांस्कृतिक मञ्चका सचिव र हाल राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेशका सचिव हुन्।स्नातक तहसम्म पढेका वाग्ले लामो समयसम्म शिक्षण पेसामा संलग्न रहे भने हाल उनी लोक सङ्गीतमै लागिपरिरहेका छन्।

Copy link
Powered by Social Snap