गजल–दिनहु एक अर्कोलाई प्यार मेरै आखाले देखेको छु –सरोबर बडैला


लेखक : admin      १९ जेष्ठ २०७८, बुधबार १२:१९ मा प्रकाशित     
गजल–दिनहु एक अर्कोलाई प्यार मेरै आखाले देखेको छु –सरोबर बडैला

गजल

दिनहु एक अर्कोलाई प्यार मेरै आखाले देखेको छु

तिम्रो शरीर बेच्ने ब्यापार मेरै आखाले देखेको छु

 

झुट नबोल्नु म सङ्ग बर्ता नबोल्नु उम्किनको लागी

चुपचाप हिड्नु कारागार मेरै आखाले देखेको छु

 

मलाई कत्ति शंका छैन दुइमत छैन यो घटना प्रति

सत्यतथ्य यही हो समाचार मेरै आखाले देखेको छु

 

सुन्ने हरुलाई दिक्क लाग्न सक्छ यस्ता कुरा सुन्दा

भो अब के भनौं र बारम्बार मेरै आखाले देखेको छु

 

आफ्ना को आफ्नै सङ्ग दुस्मनी हुदैन कसरी भन्छौं

हिजो भाई-भाई को काटमार मेरै आखाले देखेको छु … ✍️

सरोबर बडैला ठेगान :पुर्बिचौकी गाउपालिका ७ पोखरी डोटी हाल : भारत मुम्बई

Copy link
Powered by Social Snap