“ID इन्डोर्सि उम्मेदवार खगेन्द्र सिटौला जीत नजिक“ – पिडीजी अनन्त भेटवाल


लेखक : admin      १८ जेष्ठ २०७८, मंगलवार १०:५२ मा प्रकाशित     
“ID इन्डोर्सि उम्मेदवार खगेन्द्र सिटौला जीत नजिक“ – पिडीजी अनन्त भेटवाल

जेठ २२ गते हुन लागेको लायन्स क्लबको भर्चुअल  मल्टिपल डिष्ट्रिक ३२५को कन्भेन्सनमा इन्टरनेसल डाइरेक्टर इन्डोर्सिका प्रत्यासि खगेन्द्र सिटौलाको जित सुनिश्चित बन्दै गइरहेको बताइएको छ । खगेन्द्र सिटौला नेपाल र अन्तराष्ट्रिय क्षेत्रमा लायन्स मार्फत लामो योगदान पुर्याउने व्यक्ति हुनुहुन्छ । नेपाल भित्र उहा लायन्सकर्मीहरुको विचमा लोक प्रिय हुनुहुन्छ । समाजमा परेको अप्ठेरो साह्रो गाह्रो दैवि प्रकोप स्वास्थ संकट जस्ता विषम परिस्थितीहरुमा मन बचन र कर्मले निस्ठा पुर्वक समर्पित नाम हो खगेन्द्र सिटौला ।


जित सुनिश्चित बन्दै जांदा खगेन्द्र सिटौला जिताउ अभियान÷चुनावका संयोजक अनन्त प्रसाद भेटुवालले खगेन्द्र सिटौलाको जित नै समग्र नेपाली–लायन्सहरुको जित हुने बताउनु भएको छ । उहाले सवै लायन्स आयामिकरुपमा एकताबद्ध भएर सवैले समझदारिको पालना गरेर अगाडि बढ्न अनुरोध गर्नु भएको छ । पब्लिक सुचना डटकम संग कुराकानि गर्दै अनन्तले भन्नु भयो अनुभव योगदानको कदर गरि समझदारिलाई पालना गरेर अगाडी बढ्नु नै सवैको हित र जित हुन्छ उहाले थप भन्नु भयो नेपालका विभिन्न जिल्लाबाट जसरी खगेन्द्र सिटौलाको जितको लागि भव्य अभियान सहित प्रतिबद्धताको लागि सवै लायन्सका आदरिणय व्यक्तिहरुलाई हार्दिक धन्यवाद तथा आभार प्रकट गर्र्दछु ।


खगेन्द्र सिटौलाको सामाजिक योगदान , नेतृत्व क्षमता र सन्तुलित व्यवहार नै उहांको जितको आधार रहेको खगेन्द्र सिटौलाको जिताउ अभियानका मिडिया संयोजक राजन श्रेष्ठले बताउनु भयो उहाले भन्नु भयो खगेन्द्र सिटौला धेरै लायन्स कर्मीहरुको लागि प्रेरणाको श्रोत हुनुहुन्छ उहाले हजारौ लायन्स कर्मिहरु निर्माण गर्नु भएको छ , उहाको काम गराइ साङ्गठनिकरुपमा व्यवहारिक रुपमा तथा सामाजिकरुपमा हरेक मानिसलाइ भातृत्वपुर्ण व्यवहार नै उहाको खास परिचय रहेको बताउनु भयो ।
आज लायन्सका हरेक डिस्ट्र्रिकहरुले उहांलाइ व्यापक समर्थन गरिरहेको बताइएको छ । सर्वाधिक मत सहित उहां विजयी हुने आंकलन गरिरहेको बताइएको छ । उहांलाइ धेरै लायन्सहरले मत दिने सम्भावना रहेको बताइएको छ ।

Copy link
Powered by Social Snap