नागरिकता संशोधन अध्यादेश बिरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर


लेखक : admin      ११ जेष्ठ २०७८, मंगलवार १७:२७ मा प्रकाशित     
नागरिकता संशोधन अध्यादेश बिरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिद्वारा जारी गरिएको नागरिकता अध्यादेश विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ताहरु बोर्ण बहादुर कार्की, वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपाने र जनसमाजवादी पार्टी, नेपालका उपमहासचिव डम्वरविक्रम कार्की र सामाजिक अभियन्ता विजय प्रकाश मिश्रद्वारा नेपाल सरकारलाई विपक्षी बनाइ रिट निवेदन दायर गर्नु भएको हो । उक्त रिट निवेदनको निवेदक तथा वारेस डम्वर विक्रम कार्की रहनु भएको छ । नागरिकता (संसोधन पहिलो) अध्यादेश, २०७८ नेपालको सविधानको धारा ११ को उपधारा २,४,५ धारासँग बाझिएकोले सो संशोधित अध्यादेश बदर गर्न माग गरिएको छ ।

उक्त रिटमा अरबौं जनसंख्या भएका दुई मुलुकको बीचमा थोरै जनसंख्या भएको नेपाल जस्तो मुलुकमा थोरै नागरिकहरु घुसेर नेपालीहरुलाई अल्पमतमा पार्न सक्ने भएकाले यो अध्यादेशले नेपाली जनतालाई कालान्तरमा अल्पमतमा पार्ने उल्लेख गरिएको छ ।

पब्लिक सुचना डटकमसँग कुराकानी गर्दै रिट निवेदक तथा वारेस डम्वरबिक्रम कार्कीले भन्नुभयो-पछिल्लो समय नेपालको अहित चाहने विदेशी शक्तिहरूसँगओलीको हिमचिम बढ्दै गएको र त्यही हिमचिमको कारण करिब दुई तिहाइ बहुमतको आफ्नै पार्टिलाई समेत गुमराहमा राखी एक पछि अर्कोै गर्दै राष्ट्रघाती कामहरु अगाडि बढाउदै लगेको र पार्टीमा त्यसको विरोध हुन थालेपछि पार्टी नै विभाजन गरेर भएपनि विदेशीको स्वार्थ पुरा गर्ने काममा तल्लिन रहेको देखियो। विपक्षी दल समेतको सहयोगमा राष्ट्रघाती एमसिसि सम्झौता पास गर्न चाहाने ओलीलाई सभामुख लगायत सासंदहरुले असहयोग गरेपछि विक्षिप्त बनेका उनी संसद विघटन गराएर अध्यादेश मार्फत नागरिकता अध्यादेश ल्याई लाखौं-लाख विदेशीलाई नागरिकता बाँड्ने मात्र होइन एमसीसी सम्झौता अनुकुलको संसद निर्माणको लागि महामारीको चपेटामा परेका जनताकोे जीवन रक्षाको समेत पर्वाह नगरी चुनाव गराउने ध्याउन्नमा लागेको भन्ने कार्कीको आरोप छ। कुराकानीका क्रममा  ओली सरकारले जेठ ९ गते जारी गरेको नागरिकता अध्यादेशको कारण लाखौं-लाख विदेशीहरुले वशंजको नागरिकता पाउने खतरा बढेको बताउदै उहाँले – ओलीको यो कदमले सके नेपालै निल्ने, नसके अंगीकृतेहरुको नेतृत्वमा संरक्षित राष्ट्र बनाउने विदेशी षड्यन्त्रकारीहरुको गुरु योजनाको सेवा गरेको आरोप लगाउनु भयो । उहाँले भन्नु भयो- सम्पुर्ण देशभक्तहरु एक जुट भई उक्त राष्ट्रघाती नागरिकता अध्यादेश खारेज गर्नको लागि संघर्ष गर्नुपर्ने जरुरी छ।रिट निवेदन सहित

Copy link
Powered by Social Snap