–जितको सम्भावना नजिक इन्टरनेसनल डाइरेक्टर इन्डोर्सिका प्रत्यासी खगेन्द्र सिटौला


लेखक : admin      १० जेष्ठ २०७८, सोमबार ०८:४५ मा प्रकाशित     
–जितको सम्भावना नजिक इन्टरनेसनल डाइरेक्टर इन्डोर्सिका प्रत्यासी खगेन्द्र सिटौला

लायन्स क्लव ग्लोवल एक्सन एरिया लिडर लायन खगेन्द्र सिटौला इन्टरनेसनल डाइरेक्टर इन्डोर्सि पदका लागि सम्भावना नजिक पुगेका छन । आफ्नो जिवनको महत्वपुर्ण २४ बर्ष लायन्स सेवामा खर्चनु भएका व्यक्तित्व खगेन्द्र सिटौला सो पदका लागि प्रवल हुदै जानु भएको हो । विभिन्न समयमा उहाले लायन्स मार्फत अतुलनिय योगदान पुर्याउदै आउनु भएको छ । उहाले पटक पटक सहमतिको लागि विगत देखि नै त्याग गर्दै आउनु भएको थियो ।

सन १९९७ मा लायन्स क्लव अफ दिङ्गला भोजपुरको चार्टर मेम्वर भएर लायन्स क्लव मार्फत काम सुरु गर्नु भएको थियो । यस पछि उहांले विभिन्न तहमा रहेर काम गरि सक्नु भएको छ । उहांले लायन्स क्लवको डिष्ट्रिक ३२५ ए को गर्भनरको रुपमा काम गर्नु भयो ।
उहांले लायन्सका विभिन्न तह तप्कामा रहेर सामाजिक सेवा सङ्गै संस्थागत पदिय दायित्वलाई निरन्तर अगाडि बढाइरहनु भयो । उहां सन २०१२ र १३ मा मल्टिपल डिष्ट्रिक ३२५ को काउन्सिल चेयरमेनको रुपमा काम गर्नु भएको थियो । २०१७, २०१८ र २०१९ मा मल्टिपल डिष्ट्रिक ३०५ पाकिस्तान र मल्टिपल डिष्ट्रिक ३२५ नेपालको ग्लोवल एक्सन टिम मेम्वरसिप टिमको मेम्वरसिप डिभिजनको ग्लोवल एक्सन टिम एरिया लिडरको रुपमा काम गरि सक्नु भएको छ । विगत २ वर्ष देखि उहां मल्टिपल डिष्ट्रिक ३२५ नेपालको ग्लोवल एक्सन टिमको एरिया लिडर भएर काम गरिरहनु भएको छ ।


खगेन्द्र सिटौला लायन्स क्लवमा एक अनुभवी व्यक्तित्वको रुपमा रहनु भएको छ । उहांले राष्ट्रिय अन्तराष्ट्रियरुपमा धेरै फोरमहरुमा सहभागि हुनु भएको थियो । नेपालको एरिया फोरमलाइ नेपालको एक नम्वर फोरम बनाउनको लागि ठुलो योगदान गर्नु भएको थियो । पाकिस्तानको एरिया लिडर भएर जांदा उहांले ४ हजार हाराहारिमा रहेको पाकिस्तानको मेम्वर संख्यालाई ९ हजारको हाराहारिमा पुर्याउनु भएको थियो । यो निकै महत्वपुर्ण सफलता हो । उहांको काम गर्ने शैलि र भातृत्वपुर्ण व्यवहार प्रदर्शन गरेको कारण उहांले त्यो सफलाता हासिल गर्नमा भुमिका खेलेको लायन्स क्लबमा सकृय उहांका साथी सहयात्री तथा अनुयायीहरु बताउंछन ।

Copy link
Powered by Social Snap