स्वास्थ मन्त्रालयको सिफारिस समन्वयात्मक भएन – प्याव्सक अध्यक्ष गेन्द्र लामा


लेखक : admin      ३१ चैत्र २०७७, मंगलवार १३:५४ मा प्रकाशित     
स्वास्थ मन्त्रालयको सिफारिस समन्वयात्मक भएन – प्याव्सक अध्यक्ष गेन्द्र लामा

स्वास्थ मन्त्रालयले गरेको निर्णयले शिक्षा क्षेत्र प्रभावित हुन नसक्ने प्याव्सक अध्यक्ष गेन्द्र लामाले बताएका छन । आज स्वास्थ मन्त्रालयले कोरोनाको नया भेरियन्ट नेपालमा देखिएको र यसले युवा विद्याँर्थीहरुलाई सक्रमित गराउन थालेको भन्दै कोरोना रोकथाम उच्च स्तिरिय कार्यदललाइ कम्तिमा एक महिना स्कुल बन्द गराउने आसयको सिफारिस गरिएको समाचार प्रकासनमा आए पछि लामाको प्रतिक्रिया आएको हो । पब्लिक सुचना डटकम संग कुराकानि गर्दै उनले भने हिजो मात्र मन्त्रि परिषदको निर्णय सुरक्षा मापदण्ड अपनाएर विद्यार्थीको पठन पाठन नियमित गराउने भन्ने थियो , आज फेरि स्वास्थ मन्त्रालयको यो भनाइले सम्वनायत्मक भुमिका निर्वाह नगरेको जिकिर उनलृ गरेका छन । सवै शिक्षा क्षेत्रमा कृयासिल सवैलाई सुरक्षा मापदण्ड पालना गरेर अगाडि बढ्नु नै सवैको हितमा हुन्छ । यदि स्वास्थ मन्त्रालयको सिफारिसलाई आधार बनाएर अगाडी बढे शैक्षिक सिकाइ प्रक्रिया अवरुद्ध हुने उनको भनाई रहेको छ । सबै क्षेत्र बर्ग तह तप्कालाइ शिक्षा क्षेत्र जस्तो सम्वेदनसिल विषयलाइ गम्भिर रुपमा लिन समेत आज्हान गरे ।

Copy link
Powered by Social Snap