मेरो सानै देखि गायक बन्ने सपना हो यसको लागि म निरन्तर लागिरहेको छु – गायक राजेन्द्र पोख्रेल


लेखक : admin      २६ कार्तिक २०७८, शुक्रबार ०५:३५ मा प्रकाशित     
मेरो सानै देखि गायक  बन्ने सपना हो यसको लागि म निरन्तर लागिरहेको छु – गायक राजेन्द्र पोख्रेल
संबाददाता
राजेन्द्र बहादुर बिष्ट
गायक राजेन्द्र पोख्रेलको जन्म जिल्ला कास्की माछापुच्छ्रे गाउँपालिका बडा न, ७ धम्पुस नयाँगाउँ मा भएको हो। उहाँ सानैदेखि नै गीत संगीत प्रती रुचि थियो । रेडियो टेलिभिजन मार्फत गीत संगीत सुन्ने गर्थे सांगीतिक क्षेत्रमा २०७३ साल देखि प्रबेश गरे। लोक तथा दोहोरी गीत प्रती आर्केषित पोख्रेल सांगीतिक यात्रा दोहोरी सांझमा गीत गाएर भएको हो। उहाँ सांगीतिक क्षेत्रमा प्रबेश गर्नु भन्दा अगाडी नै संचार क्षेत्रमा आबद्ध हुनुहुन्थ्यो । उहाँको आवाजमा हाल सम्म ३ बटा गीत बजारमा आएका छ्न ।धम्पुसको ठिटो, तिजैमा संगै नाच्न जाम्ला बैरीलै , सम्झना दिएको फुल रहेको छ । आज हामीले गायक पोख्रेल संग केही कुरा सोधेका छौँ।

तपाईंको सांगीतिक यात्रा कसरी सुरु भयो?

रहरै रहरमा गायक भईयो अझै भने जस्तो भएको छैन कस्ता खालका गीत मन पर्छ। प्राय सबै खालका गीत संगीत मनपर्छ त्यसमा पनि लोकगीत बिशेष हो। बाल्यकालमा गीत संगीत कसरी सुन्नु हुन्नथ्यो ? म १२/१३ बर्षाको उमेरमा नै पोखरा आएको हुनाले त्यति असहजता भने भएन रेडियो टेलिभिजन मार्फत नै सुन्ने गर्थे ।

सांगीतिक क्षेत्र लागेर जीवन थान्न कतिको सजिलो छ?

केही कलाकारले सक्नुभएको छ । यो सुखद पक्ष पनि हो । तर, हामी नयाँ कलाकारलाई निकै अप्ठ्यारो छ । यहीं क्षेत्रमा लागेर बाच्न सक्ने स्थिती बनिसकेको छैन । आशा छ भविष्यमा बन्नेछ ।

सांगीतिक क्षेत्र बाट पाएको कुरा?

अरुले देख्ने गरेरनै त्यस्तो ठुलो पाउन सकेको छैन । तर आफ्नो मनको सन्तुष्ट भने मिलेको छ।

सांगीतिक क्षेत्रबाट गुमाएका कुरा?

धेरै कुरा गुमेका छन् । पैसाको अभावले खान मन लागेको कुरा खान पाइदैन । मनका केही रहर अधुरा भएका छन् । जीवनमा धेरै अप्ठ्यारा आइपरेका छन् । यति हुँदाहुँदै पनि कुनै दिन सफल हुन्छु भन्ने आत्मविश्वासका साथ जे छ त्यसमानै खुशी हुन खोज्दैछु ।

अबको योजना के रहेको छ?

एउटा् फरक खाल्को सृजना लिएर आउने कोसिस गर्दै छु।

तपाईं गीत संगीत बाहेक के गर्नुहुन्छ ?

अहिले चाहिँ सक्षम जब सर्भिसमा आवद्ध रहेको छु ।

अन्तमा के भन्नुहुन्छ?

यो अन्तरवार्ता पढेर साथ दिनु भएकोमा सम्पुर्ण दर्शक, स्रोता, मेरा आफन्त तथा शुभचिन्तकहरुमा हृदय देखि नै धन्यवाद दिन चाहन्छु । सबैको माया र सर्पोटको कारण अगाडि बढ्न हौसीएको छुँ । निरन्तर सबैको माया पाउने आशा छ । धन्यवाद ।

 

Copy link
Powered by Social Snap