ससंद विघटन लोकतन्त्र माथीको खतरा – सासंद प्रकाश चन्द्र दवाडी


लेखक : admin      ६ माघ २०७७, मंगलवार ०४:३८ मा प्रकाशित     
ससंद विघटन लोकतन्त्र माथीको खतरा – सासंद प्रकाश चन्द्र दवाडी

केपी वलिले संसद बिघटन गरेर लोकतन्त्रको चिर हरण गरेको आरोप गण्डकी प्रदेस सासंद प्रकाश चन्द्र दवाडीले लगाउनु भएको छ । आफुले गरेका कामहरुको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा दवाडीले यस्तो बताउनु भएको हो । नेपालका कम्यनिष्टहरु सत्ताको पदलोलुपतमा फसेको जिकिर गर्दै उनले भने प्रचण्ड र ओलीको एकता नेपाली जनताको लागि नभएको उल्लेख गरे । कम्यनिष्टको नाममा वलि प्रचण्डले माक्स, लेनिनको समेत बेइजत गरेको आरोप लगाउनु भयो । उहाले भन्नु भयो प्रचण्ड वलि जुन प्रकारले एकता गरेका थिए यो नेपाल र नेपाली जनताका लागि थिएन त्यो कुरा अहिले पुष्टि भएको छ । कम्युनिष्ट हुन मन चाहिन्छ, विचार चाहिन्छ र त्यही प्रकारको सोच चाहिन्छ उहाले भन्नु भयो । केपी वलीलेको ससंद विघटन प्रति आफ्नो गम्भिर आरोप लगाउनु भयो ।
आफुले गरेका कामहरुको बारेमा जानकारी गराउदै उहाले आफु जनताको हरेक समस्या समाधानका लागि काम गरिरहेको जानकारी गराउनु भयो । उहाले आफुले पाएको सेवा सुविधा समेत जनताको काममा लगाएको बताउनु भयो । उहाले भन्नु भयो बाटो विग्रिए डोजर लिएर आएको छु, मान्छे विरामी परे हस्पिटल गएको छु, जनताका खेतवारिमा नै गएर सुखदुखमा सहभागि भएको छु । मेरो जिवन सधै जनताको लागि समर्पित छ । सासद दवाडी नेपाली कांग्रेस गोरखा क्षेत्र नं ख बाट निर्वाचित प्रदेस सासंद हुनुहुन्छ ।

Copy link
Powered by Social Snap