– इन्टरनेसनल डाइरेक्टर इन्डोर्सीका प्रत्यासि खगेन्द्र सिटौलाको २४ बर्से लायन्स अनुभव,,


लेखक : admin      ५ जेष्ठ २०७८, बुधबार १७:५९ मा प्रकाशित     
– इन्टरनेसनल डाइरेक्टर इन्डोर्सीका प्रत्यासि खगेन्द्र सिटौलाको २४ बर्से लायन्स अनुभव,,

बाल्यकालदेखि नै सामाजिक क्षेत्रमा काम गर्ने सोच बनाउनु भएका खगेन्द्र एउटा यस्तो नाम हो जसले नेपालमा लायन्स क्लब मार्फत विभिन्न पदिय जिम्वेवारिमा रहेर काम गर्दै समाजको लागि एक महत्वपुर्ण पथ प्रदर्शकको रुपमा रहनु भएको छ । उहांले गरेको करिव २४ बर्ष लामो लायन्स क्लवको सामाजिक यात्राको दौरानमा झण्डै ८० वटा जति क्लवहरु एक्सटेन्सन गर्नु भएको छ । नेपालमा भएका हरेक विपत्तिहरुमा लायन्स क्लवको तर्फबाट उहांले अतुलनिय भुमिका निर्वाह गर्दै आउनु भएको छ । नेपाली समाजमा भएका प्राकृतिक दैवि विपत्तिहरुमा हरहमेसा सक्रिय व्यक्तित्वको रुपमा उहां परिचित हुनुहुन्छ । मानवताको लागि आफ्नो सामाजिक जिवनको सवैभन्दा लामो समय लायन्स क्लवमा खर्चनु भएका खगेन्द्र सिटौला धेरै लायन्सका मेम्वरहरु तथा लिडरहरूको प्रेरणाको स्रोत हनुहुन्छ । लायन्स र सो संग जोडिएको सामाजिक कृयाकलापका दिग्गज जानकारकोरुपमा उहां परिचित हुनुहुन्छ ।
लायन्स क्लवको इन्टरनेसनल डाइरेक्टर इण्डोर्सि पदका लागि हुन लागेको इलेक्सनमा उहांले आफ्नो उम्वेद्धारि दिनु भएको छ । सोही क्रममा उहांको बारेमा पब्लिक सुचना डटकमले निर्माण गरेको जिवनी तथा लायन्स क्लव र सामाजिक कृयाकलापसंग सम्वन्धित एक सामग्रि प्रस्तुत गरेका छौं।

२०१९ सालमा लायन खगेन्द्र सिटौलाको जन्म तेह्रथुम जिल्लमा भएको थियो । माता रामप्यारि सिटौला पिता धर्मानन्द सिटौललाको कोखबाट जन्मीनु भएका खगेन्द्र सिटौलाको बाल्यकाल देखि नै अध्ययन र सामाजिक क्षेत्रमा अगाध रुचि थियो । उहाको प्रारम्भिक शिक्षा तेह्रधुम त्रिमोहन हाइस्कुलबाट सुरु भएको थियो भने माद्यमिक शिक्षा फिदिम माद्यमिक विद्यालय पांचथरबाट भएको थियो । उहांले एसएलसि सेकेण्डरी बोर्डिङ स्कुल धरानबाट गर्नु भएको थियो । सानै देखि सामाजिक कृयाकलापमा औधि रुचि राख्ने खगेन्द्र सिटौलाले आइएस्सि र विएसि सम्मको अध्ययन गर्नु भएको छ ।
समाजको सेवा गर्ने क्रममा उहांको लायन्स र यसको मार्गदर्शक सिद्धान्तका प्रति उहांको अगाध स्नेह र माया रहेको छ । यसरी समाव सेवामा हरहमेसा तल्लिन र अप्ठरोमा फसेका मानिसहरुलाई सहयोग गर्न पाउंदाको क्षण उहांको सवैभन्दा खुसिको विषय वस्तु बन्ने गरेको उहां बताउनु हुन्छ । मानिसहरुलाई कुनै न कुनै प्रकारले सहयोग पुर्याइ एउटालाई पर्दा अर्कोले सहयोग गर्नु आफ्नो सवभन्दा ठुलो कर्तव्य रहेको त्यसमा नै हरेक मानिसहरुको प्रगति उन्नतिको सुगन्धित फुल फुल्ने, उहां बताउनु हुन्छ । । लायन्स एउटा सामाजिक सेवाको लागि निर्माण गरिएको संस्था हो ।


ससांरको सबैभन्दा ठुलो र धेरै सदस्य संख्या भएको सामाजिक संस्था हो लायन्स क्लव । यो करिव २०० भन्दा बढि देसहरुमा फैलिएको छ । यस संस्थाको उदेश्य समाज सेवा हो । समाजमा विभिन्न कठिन परिस्थिमा रहेका मानिसहरुलाई सहयोग गर्नु असाहाय बालबालिकाहरुलाई विभिन्न तरिकाले सेवा गर्नु, राहत उद्धार पुर्नस्थापना लगायतका कामहरु यस संस्थाले गर्ने गर्दछ । यस संस्थामा कृयासिल कयौं सदस्यहरुले कुनै न कुनैरुपबाट सामाजिक सेवाभावले आफुले सकेसम्मको सामाजिक योगदान पुर्याइरहेका छन । यसरी नै यस संस्थामा २४ वर्ष लामो कार्य अनुभव संगाल्नु भएका खगेन्द्र सिटौला नेपाली समाजमा परेका हरेक विपत्तिहरुमा दिनरात साझ विहान खटेर मानवताको पक्षमा उत्कृष्ट र महत्वपुर्ण योगदान गर्ने व्यक्तिकोरुपमा परिचित हुनुहुन्छ । उहांका हजारौ अनुयायीहरु लायन्स क्लवमा हुनुहुन्छ । उमेर र अनुभवका हिसावले नेपालमा उहां धेरै लायन्स मेम्वरहरुको तथा अभिभावककोरुपमा परिचित हुनुहुन्छ ।

सन १९९७ मा लायन्स क्लव अफ दिङ्गला भोजपुरको चार्टर मेम्वर भएर लायन्स क्लव मार्फत काम सुरु गर्नु भएको थियो । यस पछि उहांले विभिन्न तहमा रहेर काम गरि सक्नु भएको छ । उहांले लायन्स क्लवको डिष्ट्रिक ३२५ ए को गर्भनरको रुपमा काम गर्नु भयो ।
उहांले लायन्सका विभिन्न तह तप्कामा रहेर सामाजिक सेवा सङ्गै संस्थागत पदिय दायित्वलाई निरन्तर अगाडि बढाइरहनु भयो । उहां सन २०१२ र १३ मा मल्टिपल डिष्ट्रिक ३२५ को काउन्सिल चेयरमेनको रुपमा काम गर्नु भएको थियो । २०१७, २०१८ र २०१९ मा मल्टिपल डिष्ट्रिक ३०५ पाकिस्तान र मल्टिपल डिष्ट्रिक ३२५ नेपालको ग्लोवल एक्सन टिम मेम्वरसिप टिमको मेम्वरसिप डिभिजनको ग्लोवल एक्सन टिम एरिया लिडरको रुपमा काम गरि सक्नु भएको छ । विगत २ वर्ष देखि उहां मल्टिपल डिष्ट्रिक ३२५ नेपालको ग्लोवल एक्सन टिमको एरिया लिडर भएर काम गरिरहनु भएको छ ।


खगेन्द्र सिटौला लायन्स क्लवमा एक अनुभवी व्यक्तित्वको रुपमा रहनु भएको छ । उहांले राष्ट्रिय अन्तराष्ट्रियरुपमा धेरै फोरमहरुमा सहभागि हुनु भएको थियो । नेपालको एरिया फोरमलाइ नेपालको एक नम्वर फोरम बनाउनको लागि ठुलो योगदान गर्नु भएको थियो । पाकिस्तानको एरिया लिडर भएर जांदा उहांले ४ हजार हाराहारिमा रहेको पाकिस्तानको मेम्वर संख्यालाई ९ हजारको हाराहारिमा पुर्याउनु भएको थियो । यो निकै महत्वपुर्ण सफलता हो । उहांको काम गर्ने शैलि र भातृत्वपुर्ण व्यवहार प्रदर्शन गरेको कारण उहांले त्यो सफलाता हासिल गर्नमा भुमिका खेलेको लायन्स क्लबमा सकृय उहांका साथी सहयात्री तथा अनुयायीहरु बताउंछन ।


इन्टरनेसनल डाइरेक्टर इन्डोर्सिको रुपमा अहिले उहांले सवै पक्ष मिलेर सर्वसहमतिमा लिडर छानेर जाने कुरामा जोड दिइरहनु भएको छ । नेपालमा लायन्सलाई आयामिक तरिकाले अगाडि बढाउनको लागि सवै पक्षले सहमतिका लागि प्रयास गर्नु पर्ने उहांको जोड रहेको छ । आफुले सहमतिका लागि पटक पटक बाटो खुला गरेको विगत सम्झंदै सबैले एकपटक नेपालको तर्फबाट आफुलाई इन्डोर्सिको लिडरमा चुन्न समेत आग्रह गर्नु हुने उहांले आफु चुनावबाट विजयी हुने सम्भावना प्रवल भए पनि चुनावले लायन्सको एकता र मेलमिलापमा विच्छेदन ल्याउने दावि गर्नु भएको छ ।

एक कुसल सामाजिक योद्धा कर्मठ र जुझारु व्यक्तित्व खगेन्द्र सिटौला लायन्सको सामाजिक सेवामा कृयासिल रहंदा समाज प्रतिको जिम्वेवारी, आवश्यक परिस्थीतीमा त्याग र सम्ंवेदनसिल समयमा गर्ने साहासिक निर्णय र योगदानका धरोहर रहनु भएको छ । उहांको जिम्मेवारि आवश्यक परिस्थीतिमा गर्नु पर्ने त्याग र सम्वेदनसिल समयमा गर्ने साहासिक निर्णय र योगदानको धरोहर रहनु भएको छ । उहाले जिम्वेवारिलाइ सरलता र आयामिक एवम सिर्जनात्मक, रचनात्मक तरिकाले प्रस्तुत गर्नु हुने उहाले पक्कै पनि अन्तराष्ट्रय जगतमा नेपालको तर्फबाट अझ धेरै आयामहरु निर्माण गर्न हुनको लागि हार्दिक बधाइ तथा शुभकामना तथा अग्रिम बधाइ सवैका सर्वप्रिय खगेन्द्र बा

 

Copy link
Powered by Social Snap