मैले यो धरतीमा पहिलो पटक आँखा खोलेको, आवाज निकालेको, पाइला टेकेको दिन । साच्ची आफु जन्मेको दिन भन्दा बित्तिकै त्यो दिन निकै उज्यालो हुँदो रहेछ,रमाइलो हुदो रहेछ, आनन्दित हुदो रहेछ । अनि सबैको शुभकामना रुपी सन्देशहरु केलाइरहदा पनि उत्तिकै हर्ष लागीरहेछ । कति बेला लाग्छ, समयले बिस्तारै यो पृथ्वीमा मलाई नराख्नको लागी प्रयत्न गर्दे छ, मेरो अर्थ बुढो बढाउँदै छ, हिजो आज भोली एक दिन, हप्ता, महिला, बर्ष दशक गर्दै, यो संसारमा बाच्ने दिनहरु कम हुँदै छन । तर, अनि कतिबेला लाग्छ, म यो संसारमा टेक्दा जुन अवस्थामा थिए एकदम कमजोर अवस्थामा, त्यसपछि बिस्तारै परिपक्क र बलियो हुँदै गइरहेको छु । तिनै बलियो हुँदै सिढीँहरु चढ्दै गर्दा आज एक खुटकिलो पार गरी अझै परिपक्क भएको महशुस भएको छ । तर आज खुशीको दिनमा नै अलिक अस्वस्थताको कारण अलिक गाह्रो भएको महशुस भएता पनि खुशीको अनुभव भइरहेको छ ।