हरित नगर बन्दै ललितपुर महानगर


लेखक : Public Suchana      २७ पुष २०७७, सोमबार ०७:४५ मा प्रकाशित     
हरित नगर बन्दै ललितपुर महानगर

काठमाडौं, पुष २७ । ललितपुर महानगरपालिकाले हरित नगर अभियानलाई प्राथमिकता दिएको छ । थापाथली पुलेदेखि पूल्चोक जावलाखेल हुदै लगनखेलसम्मको सडकको दुवै तर्फ वृक्षरोपण गर्ने तथा हुर्काउने काम गरिएको हो । स्थानीय सरकारले नागरिकको स्वास्थ्य तथा वातावरणीय स्वच्छतालाई प्राथमिकता दिने आफ्नो नीति अनुरुप काम गरिएको हो ।

आफ्नो पसल छेउमा हुर्किएको हरियो बिरुवाले मनै प्रफुलित बनाएको व्यवसागी संगम महर्जनले बताउनुभयो पसल छेउको बिरुवाको हेरचाह तथा पानी राख्ने काम आफैले गरेको जानकारी गराउनुभयो ।
प्रत्येक नागरिक तथा व्यवसायीले आ आफ्नो क्षेत्र वरपर वा सडक छेमा पर्ने बिरुवाको हेरचाह गरे सफा तथा हरियाली नगर बन्न सहयोग पुग्छ ।

ललितपुर महानगरपालिकाका वातावरण ईन्जिनियर प्रदिप अमात्यले महानगर वातावरणमैत्री शहर निर्माणमा प्रयासरत रहेको बताउनुभयो । सडक किनारामा प्रत्येक वर्ष १ हजारका दरले बिरुवा  रोप्ने र त्यसलाई हुर्काउने गरेको छ । कुपण्डोल, पूल्चोक तथा कुमारीपाटी क्षेत्रका बिरुवा हुर्किएर ५ फिट भन्दा अग्लो भएका छन् ।

Source:https://ecosamachar.com/2020-12-1235137238

 

Copy link
Powered by Social Snap