सुनको मूल्य बढ्याे, प्रतितोला कति ?


लेखक : admin      ६ माघ २०७७, मंगलवार ०८:१५ मा प्रकाशित     
सुनको मूल्य बढ्याे, प्रतितोला कति ?

काठमाडौ, माघ, ६ । मंगलबार नेपाली बजारमा सुनको भाउ ४०० रुपैयाँले बढेको छ ।

सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार बढेर प्रतितोला ९२ हजारमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार बजारमा चाँदी १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २४५ मा कारोबार भइरहेको जनाएको छ ।

 

Copy link
Powered by Social Snap