सरकारले सातै प्रदेशमा कोरोना खोप भण्डारणको तयारी सुरु


लेखक : Public Suchana      २३ पुष २०७७, बिहीबार ०८:२१ मा प्रकाशित     
सरकारले सातै प्रदेशमा कोरोना खोप भण्डारणको तयारी सुरु

काठमाडौ, पौष २३ । सरकारले सातै प्रदेशमा कोरोना खोप भण्डारणको तयारी थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको बैठकले सातै प्रदेशमा खोप भण्डारणको तयारी थाल्ने निर्णय गरेको हो । आज नियमित कोरोना बिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले खोपको अनुगमन कार्यका लागि उच्चस्तिरिय खोप अनुगमन समिति गठन गर्ने निर्णय समेत गरेको जानकारी दिनुभयो ।

त्यस्तै नयाँ स्वरुपको कोरोना भाईरसको जोखिम बढेपछि अन्तर्राष्ट्रिय आवागमन व्यवस्थापन गर्न भन्दै पर्यटन मन्त्रालयलाई पत्र पठाउने निर्णय समेत बैठकले गरेको छ ।

अन्तराष्ट्रिय आवागमन व्यवस्थापनमा ध्यान दिन भन्दै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई पत्र पठाउने निर्णय गरेको मन्त्रालय प्रवक्ता गौतमले बताउनुभयो ।

Copy link
Powered by Social Snap