लैंगिक हिंसा तथा बलात्कार सम्बन्धी चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ


लेखक : admin      १६ फाल्गुन २०७७, आईतवार १२:२० मा प्रकाशित     
लैंगिक हिंसा तथा बलात्कार सम्बन्धी चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ

इलाका प्रहरी कार्यालय दोधारा चाँदनी नगरपालिका को आयोजना मा लैंगिक हिंसा , तथा बलत्कार सम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । पछिल्लो समय देश भरी हत्या, हिंसा तथा लैङ्गिक हिंसा का घटना हरू व्याप्त रुपमा बढी रहेका बेला चेतनामुलक कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम मा सहभागी विद्यार्थी,राजनीतिक दल, युवा लगायत ले आफ्नो धारणा व्यक्त गरेका थिए । लैंगिक हिंसा तथा बलत्कार सम्बन्धी चेतनामूलक कार्यक्रम मा इलाका प्रहरी कार्यालय दोधारा चाँदनी का प्रतिनिधि रामकृष्ण जोशी लगायत को टिमले दोधारा चाँदनी नगरपालिका मा अपराध जन्य गतिविधि हरुलाई न्यूनीकरण गर्न प्रहरी र जनताको पारस्परिक सम्बन्ध हुनु पर्ने मा जोड दिनु भयो । सोही कार्यक्रम मा सम्मान इन्टरनेसनल मीडिया का प्रबन्ध निर्देशक तथा प्रमुख प्रशिक्षक हिमाल बस्नेत र कृषि क्रान्ति अभियान नेपाल का केन्द्रीय उपाध्यक्ष पृथ्वी भुजेल ले समेत आफ्नो विचार तथा वक्तव्य राख्नु भएको थियो । कार्यक्रम मा बोल्दै सम्मान इन्टरनेसनल मीडिया का प्रबन्ध निर्देशक तथा प्रमुख प्रशिक्षक बस्नेत ले देश मा लैंगिक हिंसा तथा बलत्कार सम्बन्धी अपराध जन्य गतिविधि हुनु निकै निन्दनीय भएको र यस्ता गतिविधि हरुलाई रोक्न हामी हरुले आफै बाट सुरुवात गर्नु पर्ने बताउनु भएको थियो । त्यस्तै चेतना मुलक कार्यक्रम मा बोल्दै कृषि क्रान्ति अभियान नेपाल का केन्द्रीय उपाध्यक्ष भुजेल ले प्रहरी र स्थानीय ले एक ढिक्का भएर काम गरे देश र जनताले सुख संग बाँच्न पाउने समेत बताउनु भयो । देश को वर्तमान स्थिति लाई मध्य नजर गर्दै बेरोजगार युवा हरुलाई कृषि तर्फ आकर्षित गर्न सके भोलि देश नैं कृषि मय बनाउन सकिने समेत औल्याउनु भयो । लैंगिक हिंसा तथा बलत्कार सम्बन्धी चेतनामूलक कार्यक्रम मा सहभागी भएका सबैलाई आ -आफ्नो धारणा राख्न विशेष समय दिएर बोल्न लगाईएको थियो ।

Copy link
Powered by Social Snap