राष्ट्रनिर्माता शाहाको सालिक पुनःस्थापना गर्न माग


लेखक : Public Suchana      २६ पुष २०७८, सोमबार २०:१४ मा प्रकाशित     
राष्ट्रनिर्माता शाहाको सालिक पुनःस्थापना गर्न माग

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्तीका अवसरमा भूगोल साहित्य समाजले आज कविगोष्ठी आयोजना गरेको छ ।

समाजको १४औँ काव्यशृङ्खलामा गुप्तबहादुर श्रेष्ठ, दिनेशविक्रम थापा, नवराज पुडासैनी, धरणीधर गुरागाईँ, राधिका गुरागाईँ, मन्दिरा मधुश्री, लक्ष्मीप्रसाद पराजुली, विमला खड्का, हरिश्चन्द्र गौतम, सीता विष्टलगायतले राष्ट्रियताको जगेर्नानिम्ति चनाखो सन्तुलित परराष्ट्र नीति, छरितो र मितव्ययी सङ्घीयता र आत्मनिर्भर अर्थतन्त्रको निर्माणजस्ता विषयमा शाहले दिएको मार्गनिर्देशन वर्तमान सन्दर्भमा झन् पेचिलो बनेको भाव रचनामार्फत व्यक्त गरे ।

करिब २५ कविले कविता वाचन गरेको कार्यक्रममा समाजले इतिहासप्रति कृतघ्न भएर वर्तमान र भविष्य सुन्दर हुन नसक्ने जनाउँदै देशका विभिन्न भागमा भत्काइएका शाहका सालिक पुनःस्थापना गर्नुपर्ने प्रस्ताव पारित गरेको समाजका प्रवक्ता मुकुन्द अर्यालले जानकारी दिए ।

Copy link
Powered by Social Snap