राजावादीमाथि दमन, राप्रपा अध्यक्षद्वारा सरकारको कडा आलोचना


लेखक : Public Suchana      २७ पुष २०७७, सोमबार ०८:५४ मा प्रकाशित     
राजावादीमाथि दमन, राप्रपा अध्यक्षद्वारा सरकारको कडा आलोचना

काठमाडौं, पुष २७ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर जबराले पृथ्वीनारायण शाहप्रति श्रद्धा अर्पण गर्ने क्रममा दमन भएको भन्दै सरकारको कडा आलोचना गरेका छन् । उनले नागरिकको नैसर्गिक अधिकार र लोकतन्त्रविरोधी कार्य गरेको भन्दै सरकारको कडा शब्दमा आलोचना गरेका हुन् ।

‘सरकारको लोकतन्त्र विरोधी कार्यको राप्रपाले सडकमा विरोध गरिरहने छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका देनलाई राप्रपाले सदैव उच्च सम्मान गरीरहनेछ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा राष्ट्र निर्माताप्रति श्रद्धान्जली अर्पण गर्ने नागरिकहरुमाथि सरकारको क्रुर दमन अत्यन्त निन्दनीय छ, अन्यायपूर्ण छ । यसको म कडा शब्दामा भत्र्सना गर्दछु,’ राणाले सोमबार भने ।

भद्रकालीमा भेला भएर शान्तिपूर्ण रुपमा पृथ्वीनारायण शाहको सिंहदरबारस्थित सालिकमा माल्यार्पण गर्न अघि बढेका नागरिक समूहहरुलाई प्रहरीले रोक लगाएको थियो । सो क्रममा दुई पक्षबीच झडप भएको थिया ।

‘राष्ट्रिय आवश्यकताबमोजिम नेपालमा हिन्दुराष्ट्र पुनःस्थापना भएरै छाड्छ । प्रजातन्त्रलाई सुढृद बनाउन, निष्पक्ष राष्ट्रप्रमुखको रुपमा, दलीय व्यवस्थाभन्दा माथि रहने पुरानो संस्था, राजसंस्था पुनःस्थापना हुनेछ,’ राणाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सिंहदरबारस्थित सालिकमा माल्यार्पण गरेपछि भने ।

राप्रपाले २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा अर्पण ब्याङ्केटमा जलपान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा पार्टीका नेता, कार्यकता तथा समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति थियो ।

Copy link
Powered by Social Snap