मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ट्राफिक प्रहरी महाशाखालाई २०० थान फ्लोरोसेन्ट ज्याकेट प्रदान


लेखक : admin      ७ माघ २०७७, बुधबार १४:०१ मा प्रकाशित     
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ट्राफिक प्रहरी महाशाखालाई २०० थान फ्लोरोसेन्ट ज्याकेट प्रदान

मेरो  माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँलाई २०० थान फ्लोरोसेन्ट ज्याकेट प्रदान गरेको छ ।
सडक दुर्घटना न्यूनीकरण गर्न सहयोग पुग्ने उद्देश्यले प्रदान गरेको उक्त संस्थाले जनाएको छ ।

उक्त ज्याकेट संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहाल, प्रबन्धक राजु प्रसाद पुडासैनी लगायतको उपस्थितिमा महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाण्डौंका प्रमुख जनक भट्टराईलाई आज बुधबार हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।

महानगरीय प्रमुख भट्टराईले आम जनताको सुरक्षामा अहोरात्र खटिरहेका प्रहरीहरुलाई संस्थाले गरेको सहयोगलाई आभार प्रकट गर्नुहुदै समाजमा शान्ति सुरक्षा कायम गराउन समेत सहयोग मिलेकोले कार्यमा अझै उत्साह मिल्ने बताए।

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि देशका ५९ जिल्लामा १२० शाखा कार्यालय मार्फत करिब १ लाख २५ हजार घरपरिवारहरुमा वित्तीय सेवा पुर्‍याइरहेको छ ।

Copy link
Powered by Social Snap