मनाश्लु वर्ल्ड कलेजका अध्यक्ष वेष्ट शैक्षिक अवार्डबाट सम्मानित


लेखक : admin      ४ माघ २०७७, आईतवार १६:३३ मा प्रकाशित     
मनाश्लु  वर्ल्ड कलेजका अध्यक्ष वेष्ट शैक्षिक अवार्डबाट सम्मानित

मनाश्लु वल्र्ड कलेजका अध्यक्ष काठमाडौ चुच्चेपाटीस्थित मनास्लु वर्ल्ड कलेजका अध्यक्ष तथा प्राक्सिस इन्टरनेशल एकेडेमि प्रिन्सिपल गेन्द्र लामा वेष्ट शैक्षिक अवार्डबाट सम्मानित हुनुभएको छ । लामा लामो समयदेखि नेपाली शैक्षिक जगतमा शिक्षामा सिर्जनसिलता, रचनात्मकता निर्माण गर्दै बिद्यार्थीहरुलाई एक्काइसौ शताब्दीको प्रविधि र यसको गतिश्लिता संगै विश्वव्यापी रुपमा प्रतिस्पर्धी जनशक्ति निर्माण गर्नका लागि काम गरिरहेका शिक्षा सेवि तथा युवा शैीक्षक उद्यमी हुनुहुन्छ । शिक्षणसिकाइ कृयाकलाप संगै अतिरिक्त कृयाकलापमा जोड दिने लामा विद्यार्थीहरुमा नेतृत्वको निर्माण, सामुहिक कार्य अर्थात टिम वर्क र क्षमता अनुसारको शिक्षा, सक्षम जनशक्तिको निर्माण साथै शिक्षण सिकाइलाई व्यवहारिक कार्यान्वयन अर्थात व्यवसायिकताको निर्माणमा जोड दिएर उनको नेतृत्वमा मनाश्लु वल्र्ड कलेजलाई हाकिरहेका छन । उनका अनुसार सिकाइ जिवनको जिउनको हुनुपर्छ , पढिसकेपछि विद्यार्थीहरुले रोजगारि प्राप्त गर्न सक्ने किसिमको हुनुपर्छ र एउटा कुसल नेतृत्व निर्माण गर्नु पर्छ


बोष्टर मिडियाको सातौ वार्षिकोत्सवको अबसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्वप्रधानमन्त्री झलनाथ खनालको बाहुलीबाट लामालाई सम्मान गरिएको थियो ।
अवार्ड प्राप्त गरेपछि उनले भने हामीले शिक्षा क्षेत्रमा निर्धारण गरेका धेरै लक्ष्यहरु पुरा गर्न वाकि छ, वाकी रहेका लक्ष्यहरुलाई हासिल गराउनको लागि मैले प्राप्त गरेको अवार्डले निरन्तर अविचलितरुपमा अगाडि बढ्ने हौसला प्राप्त गरेको छु, यो अवार्ड सम्पुर्ण शिक्षक विद्यार्थी अभिभवाक र मेरो सम्पुर्ण टिमलाइ समर्पण गर्दछु जसको कारणले यो सम्मान प्राप्त गर्ने अवसर जुरेको छ साथै म आयोजक संस्थाका सम्पुर्ण सदस्यहरुलई धन्यवाद दिन चाहान्छु ।

Copy link
Powered by Social Snap