काठमाडौ, माघ, ६ । बार्सिलोनालाई पराजित गर्दै एथ्लेटिक क्लबले स्पेनिस सुपर कपको उपाधि जितेको छ। आइतबार राति भएको फाइनलमा अतिरिक्त समयमा बार्सिलोनालाई ३–२ गोलअन्तरले पराजित गर्दै एथ्लेटिक क्लबले उपाधि जितेको हो।स्पेनिस सुपर कपको उपाधि एथ्लेटिक क्लबले तेस्रो पटक जितेको हो। यसअघि सन् १९८४ र २०१५ मा उपाधि जितेको थियो।
खेलको ४० औं मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। तर यो अग्रता धेरै बेर टिकेन। खेलको ४२ औं मिनेटमा ओस्कार डे मार्कसले गोल गर्दै १–१ को बराबरीमा ल्याए। ७७ औं मिनेटमा ग्रिजम्यानले फेरि गोल गर्दै बार्सिलोनालाई २–१ गोलको अग्रता दिलाए। तर अन्तिम समयमा आफ्नो अग्रतालाई जोगाउन नसक्दा बार्सिलोना हार्न पुग्यो। ९० औं मिनेटमा एसिएर भिल्लालिब्रेले गोल गर्दै २–२ गोलको बराबरीमा पुर्याए। त्यसपछि ३० मिनेटको समय थप भएको थियो।