प्रदेश १ : प्रचण्ड-माधव समूहको संसदीय दलको बैठक सुरु


लेखक : admin      ६ माघ २०७७, मंगलवार ०८:२७ मा प्रकाशित     
प्रदेश १ : प्रचण्ड-माधव समूहको संसदीय दलको बैठक सुरु

काठमाडौ, माघ, ६ । नेकपा प्रचण्ड-माधव समूहको प्रदेशसभा १ को संसदीय दलको बैठक सुरु भएको छ । होटल एसियाटिकमा भएको बैठकमा ३३ जना सांसदहरु उपस्थित भएका छन् ।

प्रदेशसभाका ९३ सदस्यमध्ये नेपाल कम्युनिस्ट पार्टीका ६७ जना सांसद छन् । ६७ मध्ये प्रचण्ड-माधव समूहको बैठकमा ३३ जना सहभागी भएका हुन् । प्रचण्ड माधव समूहले आफूहरुलाई ४५ सांसदको समर्थन रहेको दावी गर्दै आएको छ ।

प्रचण्ड-माधव समूहले प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका छन् । अविश्वास प्रस्तावमा ३७ जनाले हस्ताक्षर गरेकामा ५ जनाले फिर्ता लिइसकेका कारण यो समूह दबाबमा छ । मंगलबार नै प्रदेशसभामा कांग्रेस संसदीय दलको बैठक पनि बसेको छ ।

Copy link
Powered by Social Snap