नेकपा प्रचण्ड–माधव नेपाल समूहले प्रदेश १ मा नेकपा संसदीय दलकाे नेतामा भीम आचार्य चयन, मुख्मन्त्रीलाई हटाइयाे


लेखक : Public Suchana      १६ पुष २०७७, बिहीबार ०७:२८ मा प्रकाशित     
नेकपा प्रचण्ड–माधव नेपाल समूहले प्रदेश १ मा नेकपा संसदीय दलकाे नेतामा भीम आचार्य चयन, मुख्मन्त्रीलाई हटाइयाे

काठमाडौ, पौष १६ ।  नेकपा प्रचण्ड–माधव नेपाल समूहले प्रदेश १ को नेकपा संसदीय दलको नेता चयन गरेको छ ।

बिहीबार प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्री शेरधन राईलाई हटाउँदै संसदीय दलको नेतामा भीम आचार्यलाई चयन गरेको हो ।

प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको थियो । राईलाई हटाएर उक्त समूहले आचार्यलाई मुख्यमन्त्री बनाउने प्रस्ताव लगेको थियो ।

आज बसेको संसदीय दलको बैठकले राईलाई दलको नेताबाट हटाएर आचार्यलाई चयन गरेको हो ।

Copy link
Powered by Social Snap