गोठ सुधार तथा प्राङ्गारिक मल सम्बन्धी अभिमुखकरण तालिम छथर जोरपाटी गाउँपालिका धनकुटामा सम्पन्न भएको छ


लेखक : admin      २१ फाल्गुन २०७७, शुक्रबार १३:२२ मा प्रकाशित     
गोठ सुधार तथा प्राङ्गारिक मल सम्बन्धी अभिमुखकरण तालिम छथर जोरपाटी गाउँपालिका धनकुटामा सम्पन्न भएको छ

आधुनिक गोठ सुधार तथा प्राङ्गारिक मल सम्बन्धी अभिमुखीकरण तालिम छथर जोरपाटी गाउँपालिका धनकुटा मा सम्पन्न भएको छ । उक्त कार्यक्रममा कृषि क्रान्ति अभियान नेपालको केन्द्रीय उपाध्यक्ष कृषि प्राविधिक पृथ्वी भुजेल, लगायत अन्य कृषि प्राविधिक कुसुम पाहाडी,आयुषा भुजेल,विष्णु प्रसाद अधिकारी र नगेन्द्र आचार्य को समेत उपस्थिति रहेको थियो ।गरीब संग बिसेश्वर कार्यक्रम अन्तर्गत छथर गाउँपालिका वार्ड नम्बर 3 ताखुवा मा सोही तालिम सञ्चालन मा आएको हो । तालिम आज एक औपचारिक कार्यक्रम का बीच उद्घाटन भई फाल्गुन 21,22 र 23 गते सम्म संचालन हुने कृषि क्रान्ति अभियान नेपाल का केन्द्रीय उपाध्यक्ष तथा कृषि प्राविधिक पृथ्वी भुजेल ले बताउनु भयो ।कार्यक्रम का प्रमुख अथिति तथा छथर गाउँपालिका अध्यक्ष सेर बहादुर लिम्बु ले हामी हरुले विभिन्न ठाउँ हरु मा कृषि प्रधान नेपाल भएर चिनाउनु पर्ने मा जोड दिनु भयो र हरेक काम को सुरुवात आफू हरु बाट गर्नु बताउनु भयो। आधुनिक गोठ सुधार तथा प्राङ्गारिक मल सम्बन्धी अभिमुखीकरण तालिम मा प्राविधिक सहयोग कृषि क्रान्ति अभियान नेपालले गर्ने छ । यो देश का हरेक युवा हरु बेरोजगार भए पनि अब कृषि मा आत्म निर्भर बनाउने योजना रहेको र कृषि क्रान्ति अभियान नेपाल ले देश का हरेक ठाउँ हरुमा गएर कृषि क्रान्ति गर्नु पर्ने कृषि क्रान्ति अभियान नेपाल का केन्द्रीय उपाध्यक्ष तथा कृषि प्राविधिक पृथ्वी भुजेल ले बताउनु भयो ।

Copy link
Powered by Social Snap